close

सत्यमोहन जोशीको शरीर अध्ययनका लागि अस्पतालमै राखिने

सत्यमोहन जोशीको शरीर अध्ययनका लागि अस्पतालमै राखिने

Trulli
ADVERTISEMENT

काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीले मृत्युपस्चात आफ्नो शरीर अध्ययनका लागि अस्पताललाई दान दिने इच्छा गरेअनुसार किस्टमा राखिने भएको छ । 

यसअघिनै आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने निर्णय भएको छ। 

आइतबार जोशीका परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको हो । अस्पतालले जोशीको शरीर कसरी राख्ने भन्नेबारे विस्तृतमा अध्ययन गरिसकेकाले उनकै इच्छा अनुसार शरीर अध्ययनका लागि अस्पतालमा राखिने भएको हो । 

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सत्यमोहन जोशीकै इच्छा अनुसार हुने जानकारी दिए । आज अन्तिम श्रद्धाञ्जलिका लागि महानगरपालिका राखिने मेयर महर्जनले बताए ।