close

छाडा पशुचौपाया व्यवस्थापनबारे द्विपक्षीय छलफल

छाडा पशुचौपाया व्यवस्थापनबारे द्विपक्षीय छलफल

Trulli
ADVERTISEMENT

कैलाली । घोडाघोडी नगरपालिकामा छाडा पशुचौपायाको व्यवस्थापनका लागि घोडाघोडी नगरपालिकाले पालिकाभित्रका सामुदायिक वनसँग छलफल गरेको छ । 
    
छलफलमा सामुदायिक वनका पदाधिकारीले नगरपालिकालाई घरघरमा भएका गोरुको डाटा सङ्कलन, प्रत्येक सामुदायिक वनमा कान्जी हाउस निर्माण गर्न र छाडा पशुचौपाया छोड्नेलाई जरिवानासहित कार्यवाही गर्न सुझाव दिएका छन् । 

छाडा पशुचौपायाको दिगो व्यवस्थापनका लागि नगरपालिका पहिला अग्रसर भएको खण्डमा सामुदायिक वन त्यसमा सयकार्य गर्न तयार भएको सामुदायिक वनका पदाधिकारीको भनाइ थियो । 

अहिले ठूलो समस्या र चुनौतीका रूपमा रहेको छाडा चौपाया व्यवस्थापन चाँडो गर्नुपर्ने टेङ्नुवा महिला सामुदायिक वनका अध्यक्ष मैना ढकालले बताइन् । छलफलबाट आएका राय सुझावअनुसार छाडा चौपाया व्यवस्थापन गरिने नगरप्रमुख खडकबहादुर रावतले बताए ।