काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
महाशाखाका अनुसार हाल कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको साथै राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
देशको पहाडी क्षेत्रको सडक तथा हवाइ यातायातमा मौसमको सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ