close

भगवती र चलाखुका स्थानीय आफैंले हटाए अबैध संरचना

भगवती र चलाखुका स्थानीय आफैंले हटाए अबैध संरचना

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिका-५ ले भगवती र चलाखु बजारको सडक व्यवस्थापनका लागि छत हटाएको छ ।  वडा कार्यालयको पहलमा सडक व्यवस्थापनको लागि सडक फराकिलो गर्नको लागि बनाइएको अवैध संरचना हटाइएको हो । 

वडा कार्यालयका अनुसार स्थानीय बासिन्दा, स्थानीय व्यवसायी र स्थानीय गुठी संस्थानको सहयोगमा सो संरचना हटाइएको हो ।
 
छत फराकिलो बनाउने होडबाजीले निर्माण भएको संरचनाले दुबैतर्फबाट सडक साँघुरो भएको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष योगेन्द्रमान विजुक्छेँका अनुसार सो संरचना हटाएर तिहारका लागि व्यापार व्यवसाय गर्न दिइने छ । 

उनले विगतका वर्षमा टौमढी क्षेत्रमा व्यापार गर्दै आए पनि यस वर्षदेखि सो क्षेत्रमा व्यापार गर्न पाइने छैन । व्यापारीको लागि स्थान व्यवस्थापनको लागि वडा कार्यालयको पहलमा सो क्षेत्रको संरचना हटाउन लगाएको उनले  पालिकाखवरलाई बताए ।