close

करेन्ट लागेर गैँडाको मृत्यु

करेन्ट लागेर गैँडाको मृत्यु

Trulli
ADVERTISEMENT

चितवन । करेन्ट लागेर एक गैँडाको मृत्यु भएको छ । आज बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोला नजिक रहेको बङ्गुरफार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैँडाको मृत्यु भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी पाँच/छ वर्षको भाले गैँडा मरेको हो । सो ठाउँमा चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिकको टोली पठाइएको र थप अनुसन्धान भइरहेको आचार्यले जानकारी दिए । 

कुमरोज सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले करेन्ट लागेर गैँडा मरेको जानकारी दिए । बङ्गुर फार्ममा नाङ्गो बिजुलीको तार लगाइएको र  त्यसैबाट करेन्ट लागेको श्रेष्ठले बताए । यो आर्थिक वर्षमा यससँगै दुई गैँडाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो तथ्याङ्कानुसार ६९४ गैँडा छन् ।