close

सन्दीपको हिरासतको म्याद पाँच दिन थपियो

सन्दीपको हिरासतको म्याद पाँच दिन थपियो

Trulli
ADVERTISEMENT

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिएको छ ।

सन्दीपविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर बिहीबार दोस्रोपटक पाँच दिनको म्याद थप गरिएको छ । अदालतले यसअघि उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा सन्दीप यही असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । 

गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो। उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।