close

प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन सुरु

प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन सुरु

ADVERTISEMENT

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता शुरु भएको छ ।
राजनीतिक दलका शीर्ष नेताहरू आ-आफ्नो निर्वाचन क्षेत्रमा मनोनयन दर्ताका लागि निर्वाचन क्षेत्रमा पुगिसकेका छन् । प्रधानमन्त्रीको वारेसनामा लिएर  उनकी पत्नी आरजु राणा हिजै डडेलधुरा पुगेकी छन् । 

त्यस्तै, नेकपा माओवादीका अध्यक्ष प्रचण्ड बाबुरा भट्टराईलाई लिएर गोरखा पुगेका छन् भने । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि झापा पुगेका छन् । 

यता, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राैतहट  तथा राप्रपा अध्यक्ष राजेन्द्र लि‌ङ्देन पनि मनोनयनका लागि झापा पुगेका छन् । 

आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरिसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।