प्युठान । माण्डवी गाउँपालिका–४ पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ भने ३ जनब बेपत्ता भएका छन् ।
५५ वर्षका थामी बुढा मगर, २१ वर्षका केकी राउमगर र १८ वर्षका मौसमी थापामगरको शव भेटिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । बेपत्ता तीन जनाको भने खोजी भइरहेको छ । पा
शुक्रबार राति बमबहादुर बुढा मगरको घर माथिबाट आएको पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका थिए ।