मोरङ । रंगेली नगरपालिकाका नगरप्रमुख दीलिपकुमार अग्रवालले पालिका सभामा अल्पमतमा हुँदा राम्रो कामका लागि पनि चोर बाटो अपनाउनुपर्ने बताएका छन् ।
दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका अग्रवालले पालिका खबरसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् ।
‘बहुमत र अल्पमतबाट निर्वाचितहुँदाकामगर्ने शैलीमा फरक आउँछ । अल्पमतबाट निर्वाचितहुँदा राम्रो कामका लागि पनि चोर बाटो अपनाउनुपर्ने हुन्छ । बहुमत हुँदा चोर बाटो अपनाउनु पर्ने छैन ।’
तर, बहुमत हुँदा जनतामाझ बाहनाबाजी गर्न नपाइने उनको भनाइ छ । पालिकाको विकासका लागि संघबाट हुनुपर्ने आवश्यक सहयोग हुननसकेको बताए ।
‘यो बेला सोचे अनुसार हामीलाई सहयोग गर्नुभएन । पहुँचवाला र आसेपासेका स्थानीयतहलाई मात्रै संघ र प्रदेश सहयोग गर्दो रहेछ । पैरवीको आधारमा पनि परेका होलान् ।' उनले भने ।