close

कानुन र कर्मचारीका कारण काममा समस्या

कानुन र कर्मचारीका कारण काममा समस्या

Trulli
ADVERTISEMENT

कैलाली । टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारूले नेपालको कानुनी व्यवस्था, कर्मचारीतन्त्र र सामाजिक नैतिकताका कारण काममा समस्या आउने गरेको गरेको बताएका छन् ।

पालिका खबरसँग भएको कुराकानीका क्रममा राम्रो काम गर्न खोज्दा पनि प्राविधिक रूपमा समस्या आउने गरेको उनको आरोप लगाए । 

तर, व्यक्तिगत योजनाले मात्रै विकास असम्भव रहेको बताउँदै उनले सबै जनप्रतिनिधि, स्थानीय बासिन्दा एक ठाउँ हुनुपर्ने बताए । 

‘कर्णाली नदी, संसारको बैभन्दा ठूलो र दुलर्भ शिवलिंग र डल्फिन यही क्षेत्रमा पाइन्छ । यसले पनि मुलुककै नमुना पालिकाको रूपमा विकास गर्न सहयोग पुग्छ,’ उनले भने, ‘तर, मेयरको योजनामात्रै लागू हुँदैन । 

शैक्षिक क्षेत्रको गुणस्तर विस्तार, टीकापुरलाई हराभरा बनाउने र कृषि हबको रूपमा विकास गर्ने उनको प्रतिबद्धता छ ।
टीकापुर घटनाकाण्डबारे भएको गलत प्रचार हटाएर कसरी हाइलाइटमा ल्याउने भन्ने चिन्तन आफूमा रहेको उनले बताए । 

‘टीकापुर पार्कको विकास, टीकापुरमा स्मार्ट सिटी, हेरिटेज टीकापुर वा सिटी निर्माणलाई प्राथमिकतामा राखेर आर्थिक वर्षमा बजेट विनियोजन गरेका छौँ । प्लाष्टिकमुक्त क्षेत्र घोषणा सोहीपार्कबाटै सुरुवात गर्ने छौँ,’ उनले भने, ‘प्लाष्टिकको विकल्पको लागि दुना टपरी र विभिन्न किसिमका झोला निर्माण गर्ने अभियान सञ्चालन गरेका छौँ ।’

कर्मचारीले आफूहरूलाई पूर्ण रूपमा सहयोग गरेको बताउँदै उनले कर्मचारीले पनि आफूहरूलाई सहयोग गरेको जानकारी दिए । 

अरू पालिकाभन्दा फरक तरिकाले योजना बनाएर आवश्यकता कार्यसम्पादनका आधारमा कर्मचारी व्यवस्थापन गरेको उनले बताए ।