close

गाउँपालिका एक महिनादेखि प्रशासकीय अधिकृतविहीन

गाउँपालिका एक महिनादेखि प्रशासकीय अधिकृतविहीन

Trulli
ADVERTISEMENT

धनुषा । बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार शर्मा एक महिनादेखि कार्यालयमा अनुपस्थित छन् ।

अध्यक्ष राम अशिष महतोका अनुसार पालिकाका कर्मचारीले हातपात गरेपछि उनी कार्यालयमा अनुपस्थित भएका हुन् । 
‘नयाँ प्रमुख प्रशासकीय अधिकृत पनि आइपुग्नुभएको छैन । उहाँको अनुपस्थितिका कारण रातो पुस्तक तयार हुन सकेको छैन,’ अध्यक्ष महतोले भने ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा अन्योल नै अन्योल रहेको भन्दै अध्यक्षले धेरै कुरा लथालिङ्ग भएको बताएका छन् । प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन गर्न करिब ६ महिना लाग्ने बताउँदै उनले 

यद्यपि, उनले प्रधानमन्त्री रोजगारलगायत कार्यक्रममा बाधा परेको बताउँदै बाध्य भएर केही जिम्मेवार शाखा प्रमुखलाई दिएको बताए ।