close

आज पनि वर्षाको सम्भावना, शुक्रबारसम्म घाम नलाग्ने

आज पनि वर्षाको सम्भावना, शुक्रबारसम्म घाम नलाग्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । आज पनि देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमतर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि परेकाले मौसम बदली भएको हो ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा लेखिए अनुसार देशभर बादल लाग्ने र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

असोज २० गते एकादशी र २१ गते द्वादशीको दिनमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ ।