close

५ दिनमा ५ लाखभन्दा बढी यात्रु काठमाडौंबाट बाहिरिए

५ दिनमा ५ लाखभन्दा बढी यात्रु काठमाडौंबाट बाहिरिए

Trulli
ADVERTISEMENT

काठमाडौं । दशैँको नवरात्री लागेसँगै काठमाडौंका सीमा नाकामा सवारी साधनको चाप बढेको छ । काठमाडौंको कलंकी होस् या अन्य विभिन्न नाकामा त्यसैगरी सवारी साधनको चाप छ।

हिन्दू धर्मावलम्बीको महान पर्व दसैंको मुख्य दिन नजिकिएसँगै काठमाडौं उपत्यका छाड्ने नेपालीको संख्या दिनदिनै बढ्दो छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँ सुरू भएपछि घटस्थापनादेखि क्रमशः बाहिरिने यात्रुको चाप बढिरहेको छ। त्यसदिन ६० हजार यात्रुले उपत्यका छाडेका थिए। 

ट्राफिक प्रहरीका अनुसार असोज १० गते ६० हजार ८४१ यात्रु बाहिरिएका थिए। असोज ११ गते ६२ हजार ४३२ यात्रु बाहिरिएको अभिलेख छ।

यस्तै असोज १२ गते ७१ हजार ७६३ यात्रु बाहिरिएका थिए। असोज १३ गते ७४ हजार ३६२ यात्रु बाहिरिए। असोज १४ गते शुक्रबार ८४ हजार ८७ यात्रु बाहिरिएको तथ्यांक छ।

योसँगै ४ दिनमा ३ लाख ५३ हजार ४५५ यात्रु बाहिरिएका छन् । तर उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता अवदेश बिष्ट क्षेत्रीका अनुसार आज एकैदिन डेढ लाखभन्दा बढी यात्रु बाहिरिएको अनुमान गरिएको छ ऽ 

यसबाहेक पनि मोटरसाइकल तथा अन्य निजी सवारी साधनमार्फत बाहिरिने यात्रुको संख्या ठूलो रहेको ट्राफिक प्रहरीले जनाएको छ।