close

दर्शनार्थी चढेको जिप दुर्घटना हुँदा २ को मृत्यु, १७ जना घाइते

दर्शनार्थी चढेको जिप दुर्घटना हुँदा २ को मृत्यु, १७ जना घाइते

Trulli
ADVERTISEMENT

सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

शनिबार बिहान पौने सात बजे रा१ज ५९८ नम्बरको जीप  कुमाख गाउँपालिका-७ जिमालीमा दुर्घटनामा भएको हो ।

दुर्घटनमा परी मृत्यु हुनेमा  कुमाख गाउँपालिका-७ का ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया एनका पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।