close

विराटनगरमा विशेष सरसफाइ अभियान

विराटनगरमा विशेष सरसफाइ अभियान

Trulli
ADVERTISEMENT

मोरङ । विराटनगर महानगरपालिकाले सुरु गरेको महानगर सफाइ विशेष अभियान चौथो हप्तामा प्रवेश गरेको छ । 

अभियानअन्तर्गत शुक्रबार विराटनगर–१ को त्रिवेणी मार्ग र आसपासको क्षेत्रको सफाइ गरिएको छ । झाडु बोकेर महानगरका प्रमुख नागेश कोइराला सफाइ अभियानमा आफैँ खटिएका थिए । 

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, विराटनगर–१ को समन्वयमा भएको अभियानमा विराटनगर–१ का अध्यक्ष काजी बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ४ का जितन थापा, ५ का सन्तोष न्यौपानेसहित कर्मचारी, नगर प्रहरीलगायतको सहभागिता थियो । 

महानगरको सफाइ विशेष अभियानमा स्थानीयसमेतले साथ दिएका थिए । घर–घरबाट निस्किएर स्थानीयले सडक, फुटपाथ र नालीको सरसफाइ गरेका थिए । 

बाहिरबाट आउने आगन्तुकले पहिलो पटक त सहरलाई नै हेर्ने हो, फोहोर भयो भने पहिलो पटक बाहिरबाट आउने मानिसमा नकारात्मक प्रभाव पर्ने भएकाले सबैले यसमा ध्यान दिनुपर्ने प्रमुख कोइरालाको भनाइ छ ।

सरसफाइ विशेष अभियानमा जनसहभागिता बढ्दै गएको वडा नं १ का अध्यक्ष काजी बस्नेतले जानकारी दिए ।