close

मेलम्ची र इन्द्रावतीमा बन्यो अस्थायी पुल

मेलम्ची र इन्द्रावतीमा बन्यो अस्थायी पुल

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक । मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ । गत असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएको थियो। 

नगरपालिकाले मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेपछि दसैंमा यातायात सहज भएको छ। नगरपालिकाले गए राति इन्द्रावती नदीमा ह्युमपाइप राख्ने काम सम्पन्न गरेको छ। बिहानैदेखि यहाँ यातायातका साधन सञ्चालनमा आएका छन्। नगरपालिकाले वडा नं ११ फट्टे मेलम्ची नदीमा एक हप्ताअघि नै ह्युमपाइप राखेर यातायात सञ्चालन भइसकेको इञ्जिनियर राजु दङ्गालले जानकारी दिए। 

ह्युमपाइप राखेपछि मेलम्ची, पाँचपोखरी थाङपाल, इन्द्रावती र हेलम्बु गाउँपालिकाका नागरिकको यात्रा सहज भएको छ। मेलम्ची बजार आउनका लागि पहिले इन्द्रावती पुल र फट्टेको पुल हुँदै झण्डै १५ मिनेटमा पुग्नेमा घण्टौं समय लाग्ने गर्दा सास्ती भएको थियो।

गत वर्षको बाढीबाट हेलम्बु, मेलम्ची र पाँचपोखरीको गरी ५५१ घर बाढीले बगाएको थियो भने २६ जनाको मृत्यु भएको थियो।