काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले वडाध्यक्षले ३० वटा उपभोक्ता समूहले पानी लगेको भनी दाबी गरेका ठाउँमा अनुगमन गर्दा एउटा पनि पानीको मुहान नभेट्टिएको बताएका छन् ।
शिवजट्टाको पानी ल्याउन खोज्दा विरोध भएपछि आफैँले फिल्ड भिजिट गर्दा कुनै उपभोक्ता समितिमार्फत् पानी लगिएको भनिएको ठाउँमा कुनै पनि योजना नपाइएको उनले बताए ।
‘शिवजट्टाको पानी धरान लैजान खोज्दा विकासविरोधीहरुले ३० वटा भन्दा बढी उपभोक्ता समूहले पानी लगेको भनेका थिए । फिल्डमा जाँदा एउटा पनि देखिएन । अब विरोध गर्न आए कानुनी कारबाही चलाइनेछ,’ मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा भनेका छन् ।