close

मुख्यमन्त्री पाण्डेलाई मातृशोक

मुख्यमन्त्री पाण्डेलाई मातृशोक

Trulli
ADVERTISEMENT

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मातृशोक परेको छ । मुख्यमन्त्री पाण्डेकी आमा मनमाया पाण्डेको आज ८७ वर्षको उमेरमा निधन भएको हो । 

मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव उमेश रुपाखेतीका अनुसार मनमायाको आज बिहान ३ बजे काठमाडौंको सितापाइलामा निधन भएको हो । स्वर्गीय पाण्डेका मुख्यमन्त्री पाण्डे, नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेसहित पाँच छोरा र तीन छोरी छन् । 

मुख्यमन्त्री पाण्डे बागमती प्रदेशको राजधानी हेटौंडा र एमाले नेता पाण्डे चितवनमा रहेकाले उहीहरू काठमाडौं आउनेवित्तिकै आजै पशुपति आर्यघाटमा स्वर्गीय पाण्डेको अन्त्येष्टि गरिने बताइएको छ ।