close

दशैँमा तलब नपाएपछि शिक्षक आक्रोशित

दशैँमा तलब नपाएपछि शिक्षक आक्रोशित

Trulli
ADVERTISEMENT

रौतहट । राैतहटकाे फतुवा विजयपुरमा शिक्षकहरूले दशैंकाे मुखमा तलब नपाएपछि आक्राेशित बनेका छन् । 

नगरपालिकाभित्रका शिक्षकहरूले साउन महिनादेखि तलब नपाएपछि उनीहरू उनीहरू आक्रोशित बनेका हुन् । 

तलब पाउने छाँटकाठ नपाएपछि शिक्षक संगठनका नगर उपाध्यक्ष राधेश्याम यादवकाे नेतृत्वमा नगरपालिकाकाे कार्यालयमा पुगेका उनीहरूले तलब समयमै उपलब्ध गराइ दिन नगरपालिकासँग माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादव समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

कार्यवाहक नगरप्रमुख अम्बेया खातुनकाे नाममा लेखिएको ज्ञापनपत्रमा साेमबार सम्म आफूहरूकाे तलबबारेमा कुनै निर्णय नभए नगरप्रमुख र शिक्षा प्रमुखकाे कार्यकक्षमा ताल्चा लगाउने चेतावनीसमेत दिइएकाे छ ।

उक्त कार्य बाट हुने असुविधाकाे सम्पूर्ण जिम्मेवारी कार्यवाह नगर प्रमुख खातुनले लिनु पर्ने ज्ञापनपत्रमा उल्लेख छ ।