close

दशैँमा फुटपाथमा व्यापार गर्न निषेध

दशैँमा फुटपाथमा व्यापार गर्न निषेध

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक । चौतारा साँगागढी नगरपालिकाले फुटपाथमा पसल सञ्चालन गर्न निषेध गरेको छ । 

नगरपालिकाले दशैँअघि मंगलबार बसेको नगरपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । नगरपालिकाले आज सूचना जारी गर्दै दशैँमा चौतारा बजार क्षेत्रमा फुटपाथ पसल सञ्चालनलाई निषेध गरेको जनाएको छ । 

सूचना अनुसार चौतारा बजारभित्र दशैँमा भिडभाड हुने भएकोले सो निर्णय गरेको हो । 'चौतारा बजार क्षेत्रमा मानिसहरूको अत्याधिक भिडभाड हुने तथा चाप बढ्ने भएकाले सडकमा पैदल गर्नेलाई समस्या हुने भएकोले फुटपाथ क्षेत्रमा कुनै पनि पसल सञ्चालन गर्न निषेध गरिएको छ,' सूचनामा उल्लेख गरिएको छ ।