close

इच्छाकामनाले आफैँ हटायो राजमार्गका होर्डिङबोर्ड

इच्छाकामनाले आफैँ हटायो राजमार्गका होर्डिङबोर्ड

Trulli
ADVERTISEMENT

काठमाडौं । राजमार्गका होर्डिङ बोर्ड तथा प्रचार सामग्री हटाउन  इच्छाकामना गाँउपालिकाको अनुरोधलाई बेवास्था गरेपछि पालिका आफैँले होर्डिङबोर्ड हटाउन सुरु गरेको छ । 

गाउँपालिकाको अनुमतिबिना अनधिकृतरूपमा राखिएका र सम्झौताको म्याद सकिएका प्रचार सामग्री हटाउन थालेको हो। 

एकहप्ताको सूचना जारी गरेर प्रचार सामग्री हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि गाउँपालिका आफैँले हटाउन थालेको अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए।

उनले राजमार्ग क्षेत्रलाई कुरूप बनाउने गरी राखिएका प्रचार सामग्री सबै हटाइने र व्यवस्थित गरिने बताए।

‘गाउँपालिकालाई कर तिरेर व्यवस्थितरूपमा राजमार्गबाट १५ मिटर छाडेर होर्डिङ बोर्ड राख्नुपर्छ, अन्यथा सबै खाली गर्छौँ,’ उनले भने।

धादिङको सिमाना मौवाखोला र भरतपुर महानगरपालिकाको सिमाना रिद्धिखोलासम्मको राजमार्ग क्षेत्र गाउँपालिकाको पर्छ। यस क्षेत्रमा झण्डै २४ कम्पनीका एक सय बढी होर्डिङ बोर्ड रहेको गाउँपालिकाले जनाएको छ।