close

सशस्त्र प्रहरीका कर्मचारीलाई दसैंमा नि:शुल्क बससेवा

सशस्त्र प्रहरीका कर्मचारीलाई दसैंमा नि:शुल्क बससेवा

Trulli
ADVERTISEMENT

काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीलाई दसैंमा नि:शुल्क बससेवा दिने भएको छ ।

असोज १० गतेदेखि असोज २३ गतेसम्म बससेवा सञ्चालन हुनेछ ।

सशस्त्र प्रहरीका परिवार तथा अवकाशप्राप्त सशस्त्र प्रहरीले नि:शुल्क बससेवा प्रयोग गर्न पाउनेछन् ।

सशस्त्र प्रहरी बलले 'सशस्त्र प्रहरी कल्याण कोष'मार्फत आफ्ना कर्मचारीलाई यस्तो सुविधा दिन लागेको हो ।

पूर्वमा काठमाडौंदेखि काँकडभिट्टा तथा पश्चिममा काठमाडौंदेखि गड्डाचौकीसम्म नि:शुल्क बससेवा सञ्चालन हुनेछ ।