close

काभ्रेमा प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको भूमि पूजन

काभ्रेमा प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको भूमि पूजन

Trulli
ADVERTISEMENT

काभ्रे । पनौती नगरपालिका–६ मा निर्माण हुन लागेको 'राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना'को भूमि पूजन भएको छ । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा भूमि पूजन गरेका हुन् ।

यस परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा तत्कालिन प्रधानमन्त्री सुशील कोइराला र मोदीले गरेका थिए । भारत सरकारको १० अर्बको लागतमा परियोजना निर्माण हुन लागेको हो ।

परियोजनाको कुल क्षेत्रफल करिब ८४ एकड रहकोमा क्याम्पस भवनको निर्माण १.१० लाख वर्गमिटरको क्षेत्रफल हुनेछ । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रण गरि प्रतिष्ठानका भवनहरुको निर्माण गरिनेछ ।

दिगो विकास मापदण्ड अनुरुप निर्माण हुने यो परियोजना वातावरण एवम् उर्जामैत्री हुनेछ । आधुनिक सेवा सुविधा सहित निर्माण हुने यस संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्नेछ । 

कार्यक्रममा राजदूत श्रीवास्तवले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यान्वयन टोलीले सबैको साथ र सहयोगमा निर्धारित समय भित्रै निर्माण कार्य सम्पन्न गर्ने विश्वास व्यक्त गरे । 

परियोजना निर्माण र द्विपक्षीय सहकार्य तथा विकास साझेदारी अन्तर्गत भइरहेको निरन्तर सहयोगका लागि गृहमन्त्री खाणले भारत सरकारलाई धन्यवाद व्यक्त गरे ।