close

सबैको सक्रियतामा डेंगु नियन्त्रण गर्न आवश्यक

सबैको सक्रियतामा डेंगु नियन्त्रण गर्न आवश्यक

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले डेंगुविरुद्ध संयुक्त प्रयासको आवश्यकता रहेको बताएका छन् । 

जनस्मृति साकोसको १३औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, 'भक्तपुर नपाले कोरोनासम्बन्धी जनचेतना फैलाउन माइकिङ, पर्चा वितरण, सूचना प्रकाशनका साथै जनचेतनामूलक गतिविधिहरू गर्दै चुन र फिनेलजस्ता किट्नासक औषधि छर्ने कार्य गर्दै आएको छ ।'

महामारीको रुपमा फैलन सक्ने सम्भावना भएकोले कोरोनाविरुद्ध संयुक्त भएर लडेजस्तै सबैको प्रयासले मात्रै डेंगुबाट बच्न सक्ने बताए । उनले भक्तपुरको मौलिक कला र संस्कृतिबारे नयाँ पुस्तालाई जानकारी दिन स्थानीय पाठ्यक्रम सुरु गरेको उल्लेख गर्दै भाषा र संस्कृतिलाई प्रयोगमा ल्याइएन लोप भएर जानेछ, भने ।

भक्तपुर नगरपालिका-२ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले निर्वाचनको बेला जनतालाई दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्दै आएको उल्लेख गर्दै देको मिवा इटापाके आवास योजना छिटो सिध्याउनेतर्फ लागिरहेको बताए ।