close

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सेना परिचालनको स्वीकृति प्रदान गरेकी छन् ।

राष्ट्रिय सुरक्षा परिषदको भदौ १७ गतेको बैठक एवम् मन्त्रिपरिषदको भदौ २७ गतेको सिफारिस तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पत्रका आधारमा राष्ट्रपतिले सेना परिचालनको स्वीकृति प्रदान गरेकी हुन् ।

नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम निर्वाचनका दिन राष्ट्रपति भण्डारीले सेना परिचालनको स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।