close

दशैंअघि घरघरमा पुर्‍याइँदैं भत्ता

दशैंअघि घरघरमा पुर्‍याइँदैं भत्ता

Trulli
ADVERTISEMENT

भक्तपुर । दशैंअघि चाँगुनारायण नगरपालिकाले सामाजिक सुरक्षाभत्ता पाउनेहरूको सहजताका लागि भत्ता वितरण शिविर राखेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिक भत्ता सबै वडामा पुगेर वितरण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।  

नगरपालिकाले एक सूचना जारी गर्दै असोज १० गतेदेखि सबै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।  नगरलिको सूचना अनुसार १० र ११ गते वडा नम्बर १ देखि ३ सम्म वितरण गरिनेछ । ३ वटै वडामा वितरण टोली पुग्ने नगरपालिकाले जनाएको छ । 

त्यस्तै, असोजको १२ र १३ गते वडा नम्बर ४ देखि ६ सम्म तथा १४ र गते गते वडा नम्बर ७ देखि ९ सम्म वितरण गरिनेछ । प्रभु बैंकसँगको सहकार्यमा टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।