close

बालबालिकालाई लागूऔषध दुर्व्यसनविरुद्ध तालिम प्रदान

बालबालिकालाई लागूऔषध दुर्व्यसनविरुद्ध तालिम प्रदान

Trulli
ADVERTISEMENT

बर्दिया । बाँसगढी नगरपालिकाका बालबालिकाहरूलाई बालविवाह न्यूनीकरण तथा लागूऔषध दुर्व्यसनीविरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न  भएको छ । 

 समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी र बाँसगढी नगरपालिकाको आयोजनामा पालिकाभित्रका विद्यार्थीहरूलाई उक्त तालिम दिइएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका अनुसार नेपाल राष्ट्रिय सेकेन्डरी स्कुलका विद्यार्थीहरूलाई  बालविवाह न्यूनीकरण, बाल हिंसा न्यूनीकरण, यौन दुर्व्यवहार र लागूऔषध दुर्व्यसनविरुद्ध एक दिने तालिम दिइएको हो ।