काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका-१ मा घर भत्किँदा एक किशोरीको मृत्यु भएको छ ।
सोमबार राति साढे १ बजेतिर घर भत्किँदा १६ वर्षकी पूजा लुहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नो घरबाट काकाको घरमा सुत्न गएकी पूजाको छानो भत्किँदा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरीको भनाइ छ ।
मृतक किशोरी स्थानीय डुग्रीखान माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिइन् ।