काठमाडौं । भक्तपुरमा एक लाख ९४ हजार चार सय ३९ जना मतदाता थप भएका छन् ।
थप भएका मध्ये पुरुष मतदाता ९४ हजार ६ सय ८३ र महिला मतदाता ९९ हजार सात सय ५१ तथा अन्य पाँच गरी कुल एक लाख ९४ हजार चार सय ३९ जना मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नदेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए ।
उनका अनुसार भक्तपुरमा पुरुषभन्दा पाँच हजार ६८ जना महिला मतदाताको सङ्ख्या बढी छ ।
कार्यालयका सूचना अधिकारी भीमबहादुर विसीले निर्वाचनका लागि ७६ मतदानस्थल र दुई सय २२ मतदान केन्द्र निर्धारण गरेको बताए । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले गत असार १ गतेदेखि साउन १९ गतेसम्म गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिकका क्रममा १५ हजार नयाँ मतदाता थपिएको उनले बताए ।