काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–९ रमवादहवाका ४५ वर्षीय ढिकरु र उनकी श्रीमती ४० वर्षीया शिवरतनी थारु हराएपछि उनीहरुका छोराछोरी बिचल्लीमा परेका छन् ।
आमाबुवा हराएपछि १७ वर्षीय रामकली, १३ वर्षीय सीता, आठ वर्षीय अस्मिता र वर्ष ६वर्षका का छोरा सुवास समस्यामा परेका हुन् ।
विसं २०७८ माघ ९ गते दुवैजना घरबाट निस्केर दाङ जान्छु भनेर हिँडेका दम्पत्ति नफर्किएपछि उनीहरुका बच्चा विचल्नीमा परेका हुन् । उनीहरु दुवै बोल्न नसक्ने थिए ।
दम्पत्ती हराउँदा उनीहरुका सन्तानलाई खान र लगाउन समस्या भएको छ ।उनीहरू माइली छोरी सीतालाई लिन दाङ हिँडेका दुवै अझैसम्म बेपत्ता भएका छन् ।
आफ्नो बुवाआमालाई खोजी गरी दिनका लागि वडा प्रहरी कार्यालय चन्द्रौटामा जानकारी दिएको ठूली छोरी रामकलीले बताइन् ।‘सकेजति आमाबुवाको खोजी गरिहेका छाैँ । तर, भेटिनुभएको छैन,’ रामकलीले भनिन् ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले हराएको थाहा पाउनासाथ खोजी कार्य जारी राखेको बताए ।