सल्यान । संविधान दिवसको अवसरमा वनगाड कुपिण्डे गरपालिकाले विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
राहत पाउनेमा विमला पुन, जिउने सुनार, सरिता ताउले, देवी बस्नेत र दिपिशा विक छन् । उनीहरूलाई राहतस्वरुप चामल र दाललगायत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
वनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख कर्णबहादुर बुढाथोकीको उपस्थितिमा राहत वितरण गरिएको र सरसफाईसमेत गरिएको नगरपालिकाले जनाएको छ ।