नवलपरासी पूर्व । जिल्लाका चार स्थानीय तहले आज जितियाका अवसरमा सार्वजनिक बिदा दिएको छ ।
मध्यविन्दु, कावासोती र देवचुली नगरपालिकासहित तथा विनयी त्रिवेणी गाउँपालिकाले आज बिदा दिएको हो । सूचना जारी गर्दै आज पालिकाभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थामा बिदा दिइएको सम्बन्धित स्थानीय तहले जनाएको छ ।
थारू समुदायका महिलाले जितियामा नाचगान गर्दै मिठो-मसिनो खाएर पर्व मनाउने गर्छन्। जितियामा खासगरी
महिलाहरू झाम्टा नृत्य गर्ने गर्छन्।