अछाम । अछामको तुर्माखाद गाउँपालिका, ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाको ४ स्थामा पहिरो जाँदा १३ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मिनराज आचार्यका अनुसार अन्य १० जना बेपत्ता छन् भने चार जनाको जीवितै उद्धार गरिएको छ ।
सूचना अधिकारी रिजालका अनुसार तुर्माखाद-४ मा दुई बालिकाको शव भेटिएको छ भने ७ जना अझै बेपत्ता छन् । कमल पोखरी-६ मा ४ जनाको शव भेटिएको छ भने ३ जना बेपत्ता छन् । त्यस्तै कमल पोखरी-८ मा ५ जनाको शव भेटिएको छ भने एक जनाको जीवितै उद्धार गरिएको पालिका खबरलाई बताए ।
यता ढकारी गाउँपालिका-६ मा पहिरो जाँदा २ जनाको शव भेटिएको भने ३ जना जीवितै उद्धार गरिएको छ ।