close

गौर नगरपालिकाद्वारा भारतलाई पत्राचार : सीमा सहज रूपमा खुलाउनू

गौर नगरपालिकाद्वारा भारतलाई पत्राचार : सीमा सहज रूपमा खुलाउनू

Trulli
ADVERTISEMENT

रौतहट । गौर बैरगनिया नाकामा सार्वजनिक यातायात सञ्चालन गर्नका लागि गौर नगरपालिकाले भारतको विहार राज्यमा रहेको सितामर्ही जिल्लालाई पत्राचार गरेको छ । 

बुधबार नगरपालिकाले सार्वजनिक यातायात नचल्दा सीमा वारिपारि दुवै क्षेत्रका दैनिक ओहोरदोहोर गर्ने मजदुर मर्कामा परेको भन्दै यसको सञ्चालन पुनः सञ्चालन गर्न पत्राचार गरेको हो । कोभिडको आतङ्क बढेपछि सार्वजनिक यातायात बन्द भएको थियो । 

कोभिडको सङ्कम्रण जोखिम न्यून भइसकेको अवस्थामा पनि यो नाकामा सार्वजनिक सवारी साधन चलेको थिएन । निजी गाडीहरूमा चलेको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले बिहार राज्यमा रहेको सीतामर्ही जिल्लालाई रिक्सा, टङ्गा,  टेम्पुजस्ता सवारीसाधन चलाउन सहयोग गर्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले सार्वजनिक सवारीसाधन पुनः सञ्चालन गर्ने निर्णय गरेको भन्दै सहकार्यका लागि भारत पक्षलाई अनुरोध गरेको हो ।