भक्तपुर । भक्तपुर नगरपालिकाले स्थानीयहरूलाई नि:शुल्क रगत परीक्षणको व्यवस्था गर्ने जनाएको छ ।
आज एक सूचना जारी गर्दै नगरपालिकाले स्थायी बासिन्दाका लागि रेडक्रस सोसाइटी भक्तपुरबाट रगत उपल्बध गराउदा लाग्ने शुल्क नगरपालिकाले तिर्ने जनाएको हो ।
नगरपलिकाको आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रममा नि:शुल्क रगतको व्यवस्था गर्ने नीति लिएको थियो । सोही अनुसार नगरपालिकाले आज सूचना जारी गरेको हो ।