सिन्धुली । आज दूधौली नगरपालिकाले पालिकाका सबै कमर्चारीलाई बिदा दिएको छ ।
नगरपालिका-६ मा सरसफाइ सहजकर्ताको रुपमा कार्यरत ३९ वर्षीया गंगाकुमारी धामीङ्को निधन भएको भन्दै नगरपालिकाले शोक बिदा दिएको हो ।
वडाको काम र आकस्मिक स्वास्थ्य सेवाबाहेक सबै कार्यालयको काम बन्द हुने नगरपालिकाले जनाएको छ । धामीको निधन सोमबार भएको थियो ।