close

गौर नगरका युवाद्वारा आफ्नो नगर आफैँ सफा गरौँ अभियान सुरु

गौर नगरका युवाद्वारा आफ्नो नगर आफैँ सफा गरौँ अभियान सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । ‘आफ्नो ठाउँ आफैँ सफा गरौँ’ भन्ने नाराको साथ   रौतहटको गौर नगरपालिकाका युवा गौर नगरपालिकाका एतिहासिक स्थलको सरसफाइमा जुटेका छन् । 

जसका लागि उनीहरूले वर्षौंदेखि जीर्ण बनेका मठ मन्दिरलगायत पार्क र पोखरीको सरसफाई, रङरोगन त वृक्षरोपणका सप्ताहिक कार्यक्रमको सुरुवात गरेका छन् । 

उनीहरूले हरेक शनिबार गौर नगरपालिकामा सरसफाई कार्यक्रम गर्छन् ।जसअन्तर्गत उनीहरूले गौर नगरपालिकामा अवस्थित जिल्ला अस्पताल गौरको सरसफाई गरे । 

जिल्लाका १८ वटै पालिकाकामा आफैँ आफ्नो नगरको सफाई गर्ने उद्देश्यले सप्ताहिक सरसफाई कार्यक्रम संचालनमा ल्याएको धर्मेन्द्र साह बताउँछन् ।