close

बूढानीलकण्ठ नगरपालिकामा सुत्केरीलाई पोषण भत्ता

बूढानीलकण्ठ नगरपालिकामा सुत्केरीलाई पोषण भत्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले सुत्केरीलाई पोषण भत्ता प्रदान गरेको छ ।

जनस्वास्थ्य महाशाखाको समन्वयमा नगरले  आर्थिक स्थिति कमजोर वडा नं ११ लसुनटारमा बस्ने १८ बर्षिया सानुमाया तामाङ, वडा नं १२ खरिबोट बस्ने २१ बर्षिय  नेहा शेर्पा र वडा नं ०८ सुन्दरवस्ति बस्ने अनीता भट्टलाई सो भत्ता उपलब्ध गराएको हो । 

उनीहरूलाई  सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्तास्वरुप रकम ३००० उपलब्ध गराएइएको छ ।

अस्पताल वा स्वास्थ्य चौकीमा शिशुलाई जन्म दिए आमा र शिशु सुरक्षित हुने र दुई सन्तान मात्रै जन्माए परिवार सुखी हुने भएकाले यस्तो नियम बनाइएको छ । ‘दुई छाक खाना जुटाउन नसक्ने परिवारका सुत्केरी हुने महिलाले भत्ताको रकमले पोषणयुक्त खाना उपभोग गरी बच्चालाई समेत स्वस्थ राख्ने हुँदा वृहत छलफल गरी भत्ता दिने निर्णय गरिएको नगर प्रमुख मिठाराम अधीकारीले जानकारी दिइन् ।