close

ट्रकको ठक्करबाट सर्लाहीमा एक पैदलयात्रुको मृत्यु

ट्रकको ठक्करबाट सर्लाहीमा एक पैदलयात्रुको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । सर्लाहीमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

हरिवन नगरपालिका–९ का ५० वर्षीय रामचन्द्र रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

उनलाई पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका १० नयाँरोड चोकमा सोमबार बिहान ४ बजे हेटौंडातर्फ जाँदै गरेको ना ८ ख ८२६७ नं. को ट्रकले ठक्कर दिएको थियो ।