close

युवासँगको सहकार्यमा जीर्ण मठ मन्दिरलगायत पार्क सरसफाई कार्यक्रम संचालन

युवासँगको सहकार्यमा जीर्ण मठ मन्दिरलगायत पार्क सरसफाई कार्यक्रम संचालन

Trulli
ADVERTISEMENT

काठमाडौं । आफ्नो ठाउँ आफैँ सफा गरौँ भन्ने नाराका साथ रौतहटको गौर नगरपालिकाले युवासँगको सहकार्यमा वर्षौंदेखि जीर्ण बनेका मठ मन्दिरलगायत पार्क र पोखरीको सरसफाई रङ्गरोगन वृक्षरोपण सप्ताहिक कार्यक्रम संचालनमा ल्याएको छ।

हरेक शनिबार गौर नगरपालिकाका युवा मिलेर सप्ताहिक सरसफाइ कार्यक्रम गर्दै आइरहेका छन् ।  सरसफाई कार्यक्रमअन्तर्गत  युवाको समूहले गौर नगरपालिकामा अवस्थित रहेको जिल्ला अस्पताल गौरको सरसफाई गरि सप्ताहिक सरसफाइ कार्यक्रम संचालनमा ल्याएको छ । 

सरसफाई अभियान निरन्तर रुपमा चल्ने र गौर नगरपालिका भित्र मात्र न भएर पूरै जिल्लाभरिको १८ वटै पालिकाका युवहरुले आफैँ आफ्नो नगरको सफाई गर्ने उद्देश्यले हामीले सप्ताहिक सरसफाई कार्यक्रम संचालनमा ल्याएका छौँ र अगाडि पनि बढाउदै लैजानका लागि आफूहरु लागिपरेको पत्रकार धर्मेन्द्र साह बताउँछन् ।