सप्तरी । महदेवा गाउँपालिकामा गाईकाे बाछी काटेकाे आराेपमा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा जिल्लाकाे महादेवा गाउँपालिका-४ बलियाका६५ वर्षीय सकुर मियाँ छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेका अनुसार बाछी मारेको आरफवमा इलाका प्रहरी कार्यालय कंचनपुर र प्रहरी चौकी डिमनबाट खटिएको टोलीले पक्राउ गरेको छ ।
मियाँकाे घरबाट करिब ६ किलाे बाछीकाे मासु र चार वटा खुट्टासमेत प्रहरीले बरामद गरेको छ ।