close

सर्पको डसाइबाट श्यामकुमारीको मृत्यु

सर्पको डसाइबाट श्यामकुमारीको मृत्यु

Trulli
ADVERTISEMENT

सर्लाही । सर्पको डसाइबाट एक महिलाको ज्यान गएको छ । हरिवन नगरपालिका–११ बालुवाटारकी ३५ वर्षीया श्यामकुमारी महतोको गोमन सर्पको डसाइबाट ज्यान गएको प्रहरीले जनाएको हो । 

सर्पले डसेपछि लालबन्दी नगरपालिका–१ स्थित सर्पदंश उपचार केन्द्रमा आफन्तले उपचारका लागि पुर्‍याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि महतोलाई प्रादेशिक अस्पताल जनकपुर रिफर गरिएको थियो । उनको जनकपुरमा उपचारकै क्रममा गए राति ज्यान गएको जिल्ला प्रहरी कार्यलय सर्लाही जनाएको छ । 

मृतक महतोको शव आफन्तलाई जिम्मा दिइएको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।