close

राष्ट्रपति र प्रधानमन्त्रीले व्यक्त गरे इन्द्रजात्राको शुभकामना

राष्ट्रपति र प्रधानमन्त्रीले व्यक्त गरे इन्द्रजात्राको शुभकामना

Trulli
ADVERTISEMENT

काठमाडौं । इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सु-स्वास्थ्यको कामनासहित शुभकामना व्यक्त गरेका छन् । 

शुक्रबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्ता मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् । राष्ट्रपतिको सन्देशमा इन्द्रजात्रा पर्वले जल, जमिन र जङ्गललगायतका प्राकृतिक स्रोतको दिगो उपयोगका साथै अमूल्य ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धन गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छासमेत व्यक्त गरिएको छ ।
      
प्रधानमन्त्री देउवाले पनि सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । एक सन्देशमार्फत प्रधानमन्त्रीले सहकालका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यो पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिविम्बित गर्ने बताएका छन् ।

उनको सन्देशमा शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । उनले इन्द्रजात्रा जस्ता पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।