close

१ लाख २३ हजार उम्मेदवारले अझै बुझाएनन् चुनावी खर्च

१ लाख २३ हजार उम्मेदवारले अझै बुझाएनन् चुनावी खर्च

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेर खर्च विवरण नबुझाएकालाई ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । 

आयोगले सूचना जारी गर्दै कानुनले तोकेको ३० भित्र विवरण नबुझाएकाहरूलाई ७ दिनभित्र सफाइसहितको स्पष्टीकरण पेश गर्न भनेको हो । नगर कार्यपालिका, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिको चुनावमा उम्मेदवार बनी खर्च विवरण बुझाएकाहरूका नामावली आयोगले सार्वजानिक गरेको थियो। 

निर्वाचन आयोगले प्रकाशन गरेको नामावली अनुसार १ लाख २३ हजारभन्दा बढीले खर्च विवरण बुझाएका छैनन् । जुन जम्मा उम्मेदवारको ८५ प्रतिशत हो ।