close

यस्तो छ आजको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्व तिर सरदर स्थानभन्दा केही उत्तर तर्फ र पश्चिम तिर सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले (मंगलबार बिहान) प्रदेश १, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति पनि प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सफा रहनेछ ।

प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशहरूको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र  मधेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना छ ।