close

गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध पक्राउ पुर्जी

गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध पक्राउ पुर्जी

Trulli
ADVERTISEMENT

पश्चिम नवलपरासी । पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । 

साझेदारी व्यापारको एक करोड बढी रकम हडप्ने उद्देश्यले दुई भारतीयलाई योजनाबद्ध रूपमा लागूऔषध मुद्दामा फसाएको आरोपमा गुप्ताविरुद्ध  अदालतले पक्राउ पुर्जी जारी गरेको हो । 

गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो । उनीहरूसँग २७० सेट डाइजेपाम, नुरर्फिन र फेनार्गन लागुऔषध बरामद भएको प्रहरीको दाबी थियो।

छानबिनका क्रममा घटना विवरण नै बनावटी भएको र उनीहरू निर्दोष देखिएको प्रहरीले बताएको छ । तर उनीहरु दुई महिनादेखि हिरासतमा छन्।

अनुसन्धानपछि प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी धोबी र अर्का युवक विवेक पाण्डेलाई लागूऔषध मुद्दामा सजायको मागदाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालयले जनाएको छ ।