दाङ । दाङको राप्ती गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको लागि निवेदन दर्ता तथा नाप नक्साको निस्सा वितरण सुरु गरेको छ ।
आइतबारदेखि वडा नं १ र २ बाट निस्सा वितरणको काम सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ ।
यस्तै वडा नं १ मा ३२० तथा वडा नं २ मा ४८७ गरी कुल ८०७ परिवारलाई निस्सा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
भाद्र ३१ गते सम्म गाउँपालिकाभित्रका ४ हजार ६२० घरपरिवारलाई निस्सा वितरण गरिने भूमि सेवा केन्द्रका प्रमुख बालचन्द्र गुरुङले जानकारी दिए ।
निस्सा बितरण गर्दै गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले आफूहरूले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुरूपको समय भित्रै निस्सा वितरण गर्न पाउँदा खुसी लागेको बताए ।
उनले यथाशक्य चाँडै जग्गाधनी प्रमाण पुर्जा समेत वितरण गर्ने उल्लेख गरे । साथै उनले यस कार्यमा अशक्त , वृद्ध-वृद्धालाई प्राथामिकतामा राखेर कार्य गर्न कर्मचारीलाई निर्देशन समेत दिए ।