close

भिरा इनकर्पोरेशनको प्रथम वार्षिकोत्सव सम्पन्न

भिरा इनकर्पोरेशनको प्रथम वार्षिकोत्सव सम्पन्न

Trulli
ADVERTISEMENT

विराटनगर । भिरा इनकर्पोरेशन प्रालि दमकले आफ्नो प्रथम वार्षिकोत्सव आइतबार सम्पन्न गरेको छ । 

वार्षिकोत्सवको अवसरमा भिरा इनकर्पोरेशनले कम्पनी र डिलरमा काम गर्ने उत्कृष्ट कर्मचारीलाई पुरस्कार वितरण गरेको छ । 

पुरस्कृत हुनेमा वविता श्रेष्ठ, धनबहादुर बुढाथोकी, राजु प्रधान, विकास भण्डारी, फणिन्द्र प्रसाद पौडेल, गौरव खड्का र अनिष थापा रहेका छन् ।

यस्तै संस्था स्थापना कालदेखि हालसम्म कम्पनीलाई योगदान दिइरहेका कर्मचारीहरु रोशन सापकोटा,  कंगना राई र भुपाल बस्नेत पनि पुरस्कृत भएका छन् ।

इन्द्र जोशी, सन्दिप कार्की डिवी पुलामी मगर, कुशल सत्याल र दुर्गा निरौला पनि पुरस्कृत भएका छन् । 

कार्यक्रममा कम्पनीका संचालक तुल बिक्रम बस्नेत र बबिन बस्नेतले भिरा इनकर्पोरेशन र एमएस इन्टरप्राइजेजले हालसम्म गरेका प्रगती र भावि योजनाको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।