close

चौदण्डीगढीका ७ उत्कृष्ट कर्मचारीलाई नगद पुरस्कार

चौदण्डीगढीका ७ उत्कृष्ट कर्मचारीलाई नगद पुरस्कार

Trulli
ADVERTISEMENT

उदयपुर । चौदण्डीगढी नगरपालिकाले वर्षका उत्कृष्ट ७ कर्मचारीलाई नगद तथा सम्मान पत्रद्वारा सम्मान गरेको छ । आज एक कार्यक्रमका बीच सम्मान गरिएको नगरपालिका मेयर कालुमान लामाले जानकारी दिए । 

नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई सक्षम, जिम्मेवार, कर्तव्यनिष्ठ र उत्तरदायी बनाई आचरणमा सकारात्मक परिवर्तनका लागि पुरस्कारको व्यवस्था गरी सो पुरस्कारबाट सम्मान गरिएको नगरपालिकाले जनाएको छ । 

पुरस्कृत हुनेमा आर्थिक प्रशासन शाखा प्रमुख लेखापाल अम्बरबहादुर मगर, प्रशासन तथा जिन्सी शाखाका नेत्रबहादुर विक, वडा नम्बर-१ का वडासचिव भोजराज अधिकारी, वडा नम्बर-९ का वडासचिव केशव बञ्जरा छन् । 

त्यस्तै,  नगर अस्पतालका प्रमुख डाक्टर नन्दनकुमार साह, स्वास्थ्य चौकी बसाहका प्रमुअ सिनियर अहेव शम्भुप्रसाद नेपाल र स्वास्थ्य चौकी सुन्दरपुरकी अहेव करिश्मा सुवेदी छन् ।

उनीहरूलाई आर्थिक वर्ष २०७९/०८०को सुशासन तथा सेवासम्बन्धी नीतिबाट योजना परित गरी सोही अनुसार  जनही १२ हजार ५०० रुपैयाँ र सम्मान पत्रले सम्मानित गरिएको मेयर लामाले पालिका खबरलाई बताए ।