close

पोखरा महानगरद्वारा १०० दिनका उपलब्धिहरू सार्वजनिक

पोखरा महानगरद्वारा १०० दिनका उपलब्धिहरू सार्वजनिक

Trulli
ADVERTISEMENT

काठमाडौं । पोखरा महानगरपालिकाले आफ्ना १०० दिनका उपलब्धिहरू सार्वजनिक गरेको छ । 

शनिबार पोखरा सभागृहमा एक कार्यक्रमको आयोजना गर्दै महानगरले आफ्ना कामहरूको फेहरिस्त सुनाएको हो ।

आफ्ना कामहरूमा ३७५ वटा स्थायी प्रकृतिका फुलका बिरुवाको वृक्षारोपण, २४ हजार वृक्षारोपण,  क्षमता अभिवृद्धिका लागि लिडरसिप क्याम्प, पृथ्वीचोक बसपार्क स्तरोन्नतिलगायत रहेका छन् ।

त्यस्तै, छाडा चौपायको व्यवस्थापन, भरतपुर र धरानसँगै मितेरी सम्बन्ध स्थापना, विभिन्न ३५ वटा समिति गठन र बाढी पहिरोको रोकथाम तथा राहत वितरण गरिएको उल्लेख छ ।